सुदूरपश्चिम


गेटा विश्वविद्यालयले ततायो सडक र सदन, प्रदेशसभा छोडेर बाहिरियो एमाले

गेटा विश्वविद्यालयले ततायो सडक र सदन, प्रदेशसभा छोडेर बाहिरियो एमाले

गोकुल जोशी
जेठ २९, २०८० सोमबार १६:४, कञ्चनपुर

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभा बैठक बहिस्कार गरेको छ। 

कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका सम्बन्धमा एमालेले मन्त्रिपरिषद्को निर्णयको माग गर्दै बैठक अवरुद्ध पारेको हो।

मुख्यमन्त्री कमलबहादुर शाहले गेटा विश्वविद्यालयका सम्बन्धमा सम्बोधन गरेपछि नेकपा एमालेका सांसदहरु उठेर मन्त्रिपरिषद्को निर्णयको माग गरेका थिए।

सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत विश्वविद्यालय सम्बन्धमा धारण सार्वजनिक गर्नु पर्ने नेकपा एमालेका प्रमुख सचेतक सुरेन्द्र पालले बताए।

नभएसम्म बैठक चल्न नदिने उनको चेतावनी छ। ‘बाहिर यताका टीकाटिप्पणी भइरहेका छन्, आन्दोलनप्रतिको सरकारको धारण स्पष्ट पार्नु पर्‍यो, सरकार मौन किन छ,’ उनले भने।

त्यसपछि एमाले सांसदहरु बेल भएतिर गएर विश्वविद्यालय बनाउनु पर्ने माग गरेका थिए। एमाले सांसद बैठक छोडेर हिँडेपछि एक घण्टाका लागि प्रदेश सभा बैठक अवरुद्ध भएको छ।

गेटा विश्वविद्यालयको मागले सडक र सदन तताएको छ। सोमबार विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले दबाब स्वरुप प्रदेश सभा भवन बाहिर नाराबाजी गर्दै घेराउ गरेको छ। 

२०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। तर, सरकारले १०० शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरू गरिएको हो। 

आइतबार प्रदेश बन्द गरिएको थियो भने सोमबार संघर्ष समितिले नाराबाजी र प्रदेशसभा घेराउ गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .