महाकाली चार लेनको पक्की पुल नजिक आइतबार बिहान तीन वटा जंगली हात्ती देखिएका छन्। वस्ती नजिकै जंगली हात्ती देखिएपछि आसपासका स्थानीय त्रसित भएका छन्।
पुल नजिकैको पोखरीको बीच भागमा रहेको घाँसे मैदानमा देखिएका हात्तीलाई जंगलतर्फ फर्काउने प्रयास भइरहेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली लगायत सुरक्षाकर्मीले ड्रोन उडाउनुका साथै पटाका पड्काएर हात्तीलाइ जंगल फर्काउन कोसिस गरिरहेका छन्।
पोखरी वरिपरि पानी र दलदल भएका कारण हात्तीलाई फर्काउन हम्मेहम्मे परेको छ।

प्रतिक्रिया