कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मो नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ।
प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जगदिश चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने निर्णय गरेको हो।
लक्ष्मण थारुको उम्मेदवारी खारेज भएसँगै नागरिक उन्मुक्ति पार्टी कैलाली ५ मा उम्मेदवार विहीन बनेका थियो। पार्टीका आधिकारिक उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज भएपछि स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको नागरिक उन्मुक्ति पार्टी कैलालीका अध्यक्ष कैलाश चौधरीले जानकारी दिए।
टीकापुर घटनामा उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेपछि फरार भएका लक्ष्मणले वारेसमार्फत नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका थिए।
तर उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।
कात्तिक १६, २०७९, बुधबार
प्रतिक्रिया