दार्चुलास्थित लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता व्यक्तिको शव भेटिएको छ।
महाकाली नगरपालिका– ४ का ४५ वर्षीय विजय लुहारको शव सेप्ती बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय (दार्चुला) का प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
उनका अनुसार परीक्षण गरी शव आफन्तको जिम्मा लगाइएको छ। भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले जनधनको क्षति गरेको थियो।
बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए।
21
Shares
प्रतिक्रिया