ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा माओवादीबाट बिना मगर सर्वसम्मत सिफारिस

कञ्चनपुरमा माओवादीबाट बिना मगर सर्वसम्मत सिफारिस

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १९:१५, महेन्द्रनगर

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट बिना मगर सर्वसम्मत सिफारिस भएकी छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी नेत्री मगर प्रतिनिधी सभाको प्रत्यक्षतर्फ एकल सिफारिसमा परेकी हुन्।

समानुपातिकतर्फ जिउलाल चौधरी, प्रेमसिंह बोहरा, मनोहर राना, मन्कु चौधरी, गोपाल काफ्ले, राम बहादुर देउकर (रक्तविज), सीता विकको नाम सिफारिस भएको छ।

प्रदेश सभा (१) मा प्रत्यक्षतर्फ कञ्चन गिरी, दिपक तिमिल्सिना, दिपक बिसी (आदर्श), भक्ता राना र लोकेन्द्र लम्सालको नाम सिफारिस गरिएको छ। प्रदेश सभा (२) मा प्रत्यक्षतर्फ पुष्कल चौधरी, राजेन्द्र जोशी र रामलाल रानाको नाम सिफारिस भएको छ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा माओवादीबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस भएको छ। जसमा चन्द्रकान्त भट्ट (सिके), नवराज ऐर, भीम भट्ट र महेशदत्त जोशी रहेका छन्।

समानुपातिकतर्फ प्रेमबहादुर धानुक, मिनराज गिरी र शेरबहादुर रानाको नाम सिफारिस भएको छ। 

प्रदेश सभा (१)मा प्रत्यक्षतर्फ अमिन प्रसाद दहित, ओम विक्रम भाट, खेमराज पाण्डेय, देवीलाल चौधरी, बलाराम पन्त, वीर बहादुर राजवंसी र भुवेश पन्तको नाम सिफारिस भएको छ।

प्रदेश सभा (२) मा ओम विक्रम भाट (सरल), जनक धामी, शिवराज पनेरु, हेमराज पाण्डेयको नाम सिफारिस भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .