ग्लोबल


धनुषाका सुरजदेव मृत्युदण्डबाट जोगिए, मलेसियाको अदालतले बदल्यो सजाय

धनुषाका सुरजदेव मृत्युदण्डबाट जोगिए, मलेसियाको अदालतले बदल्यो सजाय

तस्बिर : द सन डेली


नेपालखबर
भदौ २३, २०७९ बिहिबार १९:२४, काठमाडौँ

मलेसियामा कार्यरत एक नेपाली मृत्युदण्ड पाउनबाट जोगिएका छन्।

धनुषाको गोविन्दपुरका सुरजदेव साह तेलीलाई मृत्युदण्ड नदिइने भएको हो। मलेसियास्थित अदालतले सुरजदेवलाई सुनाएको मृत्युदण्डको सजाय परिवर्तन गरेको हो। 

अब उनलाई १२ वर्ष कैदको सजाय सुनाइएको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ।

रोजगारीका लागि मलेसिया पुगेका तेली कर्तव्य ज्यानको कसुरमा दोषी ठहर भएका थिए।

लरि चालकको हत्या गरेको अभियोगमा उनलाई उच्च अदालतले मृत्युदण्ड सुनाएको थियो। ३८ वर्षीय सुरज त्यहाँको कृषि क्षेत्रमा कार्यरत थिए।

सन् २०१६ डिसेम्बरमा उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। ईपो उच्च अदालतले २०२० अगष्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो। 

मृत्युदण्डको फैसलाविरुद्ध उनको तर्फबाट पुनरावेदन गरिएको थियो।

पुत्रजयास्थित पुनरावेदन अदालतले आज बिहीबार १२ वर्ष कैदको सजाय कायम गरेको हो। तेलीले ६ वर्ष कैद भुक्तान गरिसकेका छन्।

फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गर्दै सजाय तोकिएको हो। अब बाँकी कैद भुक्तान गरेर सुरज नेपाल फर्किने दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .