खेल


फ्यानहरुलाई पेलेको सन्देश : म अझै तगडा छु, विश्वकपमा ब्राजिलको खेल हेर्दैछु

फ्यानहरुलाई पेलेको सन्देश : म अझै तगडा छु, विश्वकपमा ब्राजिलको खेल हेर्दैछु

फाइल तस्बिर


नेपालखबर
मंसिर १८, २०७९ आइतबार १२:६, काठमाडौँ

ब्राजिलका महान फुटबल खेलाडी पेलेले आफू अझै तन्दुरुस्त रहेको बताएका छन्। उनले सकारात्मक र तन्दुरुस्त रहेको बताउँदै अहिले विश्वकप हेरिरहेको पनि बताएका छन्। 

एक इन्स्टाग्राम पोस्टमार्फत उनले आफ्नो उद्धेश्य सबैलाई शान्त र सकारात्मक राख्नु रहेको उल्लेख गरेका छन्। 

पेलेले भनेका छन्, 'मेरा लागि शुभचिन्तकहरुले पठाउनु भएको सन्देश र विश्वकपमा ब्राजिलको खेल हेरेर ऊर्जा मिलिरहेको छ।'

उनले आफू सदैव आशाले भरिएको पनि बताएका छन्। 'म आशाले भरिएको एक मानिस हुँ। तगडा छु र हमेशा जस्तै उपचार गरिरहेको छु। मलाई मिलिरहेको राम्रो स्याहार उपचारका लागि म पूरा डाक्टर र नर्सिङ टिमलाई धन्यवाद दिन चाहन्छु।'

उनले आफूलाई भगवानमा विश्वास रहेको बताउँदै विश्वभरबाट मिलिरहेका माया भरिएका सन्देशले उत्साह दिइरहेको उल्लेख गरेका छन्। 

'मलाई भगवानमा विश्वास छ। यसका साथै दुनियाभरबाट आइरहेका मायाससहितका सन्देशले मेरो ज्यानमा ऊर्जा भरिरहेका छन्। म विश्व कपमा पनि ब्राजिललाई देखिरहेको छु। यी सबै कुराका लागि धन्यवाद!'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad