ad ad

खेल


इरानविरुद्ध इंग्ल्यान्डको अग्रता

इरानविरुद्ध इंग्ल्यान्डको अग्रता

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १९:२०, काठमाडौँ

जारी कतार विश्वकपमा इंग्ल्यान्डले इरानविरुद्ध पहिलो गोल गरेको छ। 

कतार विश्वकप अन्तर्गत समूह बीको पहिलो खेलमा इरानविरुद्ध इङल्याण्डले अग्रता बनाएको हो। 

अर रायानस्थित खालिफा अन्तराष्ट्रिय मैदानमा जारी खेलको ३५ औँ मिनेटमा जुडे बिलिङघमले गोल गर्दै इङल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले डिफेन्डर ल्युक शको पासमा उत्कृष्ट गोल गरेका थिए। 

खेलको २८ औँ मिनेटमा साकाको प्रहारले पोष्टको दिसा लिन नसक्दा इङल्याण्ड अग्रता बनाउन बोट चुकेको थियो। ३० औँ मिनेटमा माउण्टको प्रहार पहिलो बारमा लाग्दै बाहिरिदा इङल्याण्डले अग्रता बनाउन सकेन।   

फिफा विश्वकपमा पहिलो पटक आमनेसामने भएका दुई टोली पहिलो जितको खोजीमा छन्। 

सन् २०१८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको इङल्याड इरानलाई हराउँदै सानदार सुरुवात गर्न चाहान्छ। यो पटकको विश्वपकमा उपाधि दाबेदारको रुपमा हेरिएको इङल्याण्डले सन् १९६६ यता कुनै महत्वपूर्ण ट्रफी उचालेको छैन। इङल्याण्ड ह्यारी केनको कप्तानीमा मैदान उत्रिएको छ।  

इरान भने एहसान हजसाफीको कप्तानीमा मैदान उत्रिएको छ। इरान पनि बलियो प्रतिद्धन्दी इङल्याण्डलाई स्तब्ध पार्दै विजयी सुरुवात गर्ने योजनामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .