ad ad

खेल


फ्यानको नाराबाजीलाई लिएर सर्बियाविरुद्ध फिफाले सुरु गर्‍यो छानबिन

फ्यानको नाराबाजीलाई लिएर सर्बियाविरुद्ध फिफाले सुरु गर्‍यो छानबिन

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १:१५, काठमाडौँ

विश्व फुटबल नियामक संस्था फिफाले सोमबार सर्बियाविरुद्ध अनुशासनको मुद्दामा कारबाही अघि बढाएको छ।

सर्बियाका खेलाडीले दुर्व्यवहार गरेको र फ्यानले भड्काउने नारा लगाएको जस्ता आरोपमा फिफाले सर्बियामाथि अनुशासनको मुद्दा अघि बढाएको हो।  

समूह चरणमा स्विटजरल्याण्डविरुद्धको खेलमा उनीहरुको गतिविधिलाई आधार बनाउँदै सर्बियाविरुद्ध मुद्दा अघि बढाइएको हो। 
सन् २०१८ म पनि यी दुई टोलीहरुको बीचमा तनाव उत्पन्न भएको थियो। यसपटक पनि सर्बिया र स्विटजरल्याण्डको खेलमा तनाव उत्पन्न भएको थियो। 

शुक्रबारको खेलमा स्विट्जरल्याण्डको कप्तानी ग्रानिट साकाले गरेका थिए। उनका साथै छर्दन साकिरीले पनि उक्त खेलमा गोल गरेका थिए। यससँगै स्विटजरल्याण्डले ३–२ गोलको जित हात पारेको थियो। यो खेलमा गोल गर्ने दुवै खेलाडी धार्मिक अल्बानियन मूलका खेलाडी हुन्। यी दुवै खेलाडीका परिवाको सम्बन्ध कोसोभोसँग छ। कोसोभोले सन् २००८ मा आफूलाई सर्बियाबाट स्वतन्त्र भएको घोषणा गरेको थियो। यद्यपि सर्बियाले भने यसलाई मान्यता दिएको छैन। 

फिफाले स्टेडियम ९७४ मा भएको यो खेलको कुन घटनालाई लिएर अनुशासनको मुद्दा अघि बढाइएको भन्ने खुलाएको छैन। यद्यपि उसले  खेलाडी र कर्मचारीको दुर्व्यवहार र भेदभावसँग सम्बन्धित विषयमा कारबाही अघि बढाइएको बताएको छ। 

खेलमा सर्बियाका डगआउटमा रहेका केही खेलाडी खेलको दोस्रो हाफमा रेफ्रीले पेनाल्टीको लागि भिडियो रेफ्रीको सहायता नमागेको भन्दै मैदानभित्रै छिरेका थिए। 

फिफाले यो मुद्दामा सुनुवाइको लागि कुनै पनि निश्चित समयसीमा भने तोकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .