बलियो प्रतिस्पर्धी डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ।
बुधबार भएको समूह डीको खेलमा डेनमार्कलाई हराउने क्रममा खेलको ६० औं मिनेटमा अष्ट्रेलियाका म्याथ्यु लेकीले निर्णायक गोल गरेका थिए।
यससँगै समूह डीमा अष्ट्रेलियाले समूह चरणका तीन खेलबाट ६ अंक हात पारेको छ। पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई पराजित गरेको थियो।
यसअघि अष्ट्रेलिया सन् २००६ मा भएको विश्वकपको अन्तिम १६ मा पुगेको थियो। त्यसयता सबै विश्वकपमा छनोट भए पनि पहिलोपटक अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो।
समूहको उपविजेताको हैसियतमा अन्तिम १६ मा पुगेको अष्ट्रेलियाले अन्तिम १६ को खेलमा समूह सीको विजेतासँग खेल्नेछ।
मंसिर १४, २०७९, बुधबार
750
Shares
प्रतिक्रिया