विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को अहिले जारी खेलको पहिलो हाफमा सह–आयोजक मेक्सिको र चेक गणतन्त्रले गोलरहित बराबरी खेलेका छन्।
दुवै टोलीले पहिलो गोलको लागि निकै मेहनत गरे पनि सफल भएनन्।
आफ्नो अन्तिम खेल अगाडि नै लगातार दुई जितसहित मेक्सिको विश्वकपको नकआउट चरण पुगिसकेको छ।
चेक गणतन्त्र सामु पनि अर्को चरणमा प्रवेशको सम्भावना अझै छ।
उनीहरू यो खेलबाट आफू अनुकुल नतिजा निकाल्ने प्रयासमा छन्।
मेक्सिको छ अंकसहित शीर्ष स्थानमा छ। चेक गणतन्त्र अहिलेसम्म एक अंकमा छन्।
36
Shares

प्रतिक्रिया