फिफा विश्वकप-२०२६ अन्तर्गत केही बेरअघि सकिएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ।
क्यानडाको टोरन्टो रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ अर्थात प्रिक्वाटर्डफाइनलमा स्थान पक्का गरेको हो।
विवादास्पद परिस्थितिमा क्रोएसिया र पोर्चुगलबिचको खेल सकिएको छ। क्रोएसियालाई पराजित गरेको पोर्चुगल अब अन्तिम १६ मा आफ्नो कट्टर प्रतिद्वन्द्वी स्पेनसँग भिड्ने पक्का भएको छ।
सुपर सब गोन्कालो रामोसले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा पोर्चुगल अन्तिम १६ मा छनोट भएको हो।
एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै क्रिस्टियानो रोनाल्डो र रामोसले टिमका लागि १-१ गोल गरे। रोनाल्डोको विश्वकप इतिहासमा यो पहिलो नकआउट चरणको गोलसमेत हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इभान पेरिसिसचले ५३औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई पहिलो अग्रता दिलाएका थिए। तर क्रिस्टियानो रोनाल्डोले ६८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएका थिए।
निर्धारित समयमा १-१ गोलको बराबरीको अवस्थामा रामोसले दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा हेड मार्फत् दोस्रो गोल गरेर पोर्चुगललाई जित दिलाएका हुन्।
खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित जस्तै देखिएका बेला इन्जुरी समयको चौथो मिनेटमा सब्सटिच्युट खेलाडी गोन्सालो रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक जित दिलाएका हुन्।
खेलेको ९०+१२ मिनेटमा क्रोएसियाले गरेको गोल अफसाइड भएपछि केहीबेर विवाद सिर्जना भएको थियो।
यो जितसँगै पोर्चुगलले राउन्ड अफ १६ मा अब बलियो प्रतिस्पर्धी स्पेनको सामना गर्नेछ।
हेर्नुहोस् थप तस्बिर











Shares

प्रतिक्रिया