फिफा विश्वकप- २०२६ अन्तर्गत हाल जारी खेलमा नर्वेविरुद्ध सेनेगलले अर्को गोल गरेको छ।
अहिले नर्वेले ३ र सेनेगलविरुद्ध २ गोल गरेर खेलिरहेका छन्।
खेल अन्त्यतिर पुग्दै गर्दा सेनेगलले नर्वेलाई चुनौति बढाउँदै लगेको छ।
सेनेगलका तर्फबाट इस्माल सार एक्लैले नर्वेविरुद्ध दुई गोल फर्काएका छन्। उनले खेलको ५३ औँ मिनेटमा पहिलो गरेका थिए। दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले दोस्रो गोल गरेका हुन्।
नर्वेका हालान्डले खेलको ४८ र ५८ औँ मिनेटमा दुई गोल गरे। नर्वेका लागि अर्को गोल मार्कस पेडेरेसनले गरेका हुन्। उनले खेलको ४३ औं मिनेटमा गोल गरेका थिए।
खेल सकिँन अब केही मिनेट मात्रै बाँकी छ।
75
Shares

प्रतिक्रिया