फिफा विश्वकप-२०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध तीन गोलको अग्रता कायम गरेको छ।
अमेरिकाकाको फिलाडेल्फिया रंगशालामा भइरहेको खेलमा किलियन एम्बाप्पे एक्लैले दुई गोल गरेका छन्।
वर्षाले करिब १ घण्टा स्थगित भएर पुनः सुरु भएको खेलमा फ्रान्सले इराकविरुद्ध सानदार प्रदर्शन गरेको हो।
पहिलो हाफमा १ गोलले अग्रता बनाएको फ्रान्सका लागि एम्बाप्पेले ५४औँ मिनेटमा दोस्रो गोल गरेका छन्। पहिलो गोल उनले १४औं मिनेटमा गरेका थिए।
फ्रान्सका लागि उस्मान डेम्बेलेले ६६ औं मिनेटमा तेस्रो गोल सफल भएका छन्। विश्वकपमै यो उनको पहिलो गोल हो।
पहिलो खेलमा इराक नर्वेसँग ४-१ गोलले पराजित भएको थियो।
फ्रान्सले भने पहिलो खेलमा सेनेगललाई ३–१ गोल अन्तरले हराएको थियो।
3
Shares

प्रतिक्रिया