भारतको इलाहाबाद उच्च अदालतले यौन उत्पीडन मुद्दामा भारतीय क्रिकेटर यश दयालको गिरफ्तारीलाई रोक लगाएको छ।
यश दयालका वकिल गौरव त्रिपाठीले समाचार एजेन्सी पीटीआईलाई मंगलबार भने, ‘अर्को सुनुवाइ नभएसम्म रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) का लागि खेल्ने यश दयालविरुद्ध कुनै दण्डात्मक कारबाही नगर्न पनि अदालतले निर्देशन दिएको छ।’
पीटीआईका अनुसार, न्यायाधीश सिद्धार्थ वर्मा र न्यायाधीश अनिल कुमारको इजलासले एफआईआरलाई चुनौती दिने यश दयालको निवेदनमा यो आदेश दिएको हो।
गत हप्ता एक युवतील क्रिकेटर यश दयालविरुद्ध यौन उत्पीडनको आरोप लगाउँदै एफआईआर दायर गरेकी थिइ न्आ।
युवतीले आफू यशसँग पाँच वर्षदेखि सम्बन्धमा रहेको तर उनले यौन शोषण गरेको आरोप लगाएकी छन्।
यश दयालविरुद्ध जुलाई ६, आइतबार, उत्तर प्रदेशको गाजियाबादको इन्दिरापुरम प्रहरी कार्यालयमा भारतीय दण्ड संहिताको धारा ६९ अन्तर्गत जाहेरी दर्ता गरिएको थियो।
Shares

प्रतिक्रिया