खेल


‘मौलाकालिका शान्ति दौड’ को उपाधि राईलाई

‘मौलाकालिका शान्ति दौड’ को उपाधि राईलाई

नेपालखबर
असोज १९, २०७६ आइतबार ९:३९,

‘२०औँ नारायणगढ लायन्स लियो खुला मौलाकालिका शान्ति दौड’ प्रतियोगिताको उपाधि गजेन्द्र राईले जितेका छन्। चितवनको नारायणगढस्थित लायन्सचोकदेखि नवलपुरको गैँडाकोटस्थित मौलाकालिका मन्दिरसम्मको दूरी २५.४० मिनेटमा पार गर्दै सिरहाका गजेन्द्र राईले उपाधि जितेका हुन्।

नारायणगढ लायन्स क्लब र लियो क्लब अफ नारायणगढको आयोजनामा भएको प्रतियोगितामा उनले नगद रु १५ हजार र प्रमाणपत्र प्राप्त गरे। यस्तै २५.५० मिनेटमा दूरी पार गर्दै भोजपुरका सविन तामाङ द्वितीय भए भने २७.१० मिनेटमा दूरी पार गर्दै जुम्लाका वीरेन्द्र रावल तृतीय भए। उनीहरुले क्रमशः रु १० हजार र पाँच हजार पुरस्कार प्राप्त गरे।

यस्तै चौथोदेखि १०औँ स्थान हासिल गरेका सात जनाले नगद रु एक÷एक हजारको सान्त्वना पुरस्कार प्राप्त गरेको नारायणगढ लायन्स क्लबका पूर्वअध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए। उनीहरुलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टुका द्वितीय गर्भनर रामप्रसाद भट्टले पुरस्कार प्रदान गरे। प्रत्येक वर्ष फूलपातीको दिन खुला शान्ति दौड प्रतियोगिता आयोजना हुँदै आएको छ। प्रतियोगितामा ४५ जनाले सहभागिता जनाएका थिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad