ad ad

खेल


मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो

मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो

नेपालखबर
असोज ९, २०७६ बिहिबार ८:१६,

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ।

बुधबार रातिको खेलमा रियल मड्रिडले ओसासुनामाथि २–० को जित निकालेको हो।

मड्रिडको जितका लागि युवा स्टार भिन्सियस जुनियर र रोड्रिगोले एक–एक गोल गरे।

यस जितसँगै मड्रिड ला लिगामा १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लन सफल भएको छ।

Image result for rodrygo
भिन्सियस जुनियर र रोड्रिगो

ओसासुना ७ अंकसहित १२ औं स्थानमा छ।

लिगमा एथ्लेटिको मड्रिड १३ अंकसहित दोस्रो स्थानमा छ। १२ अंक भएको एथ्लेटिको बिल्बाओ तेस्रो स्थानमा छ भने बार्सिलोना १० अंकसहित पाँचौ स्थानमा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .