ad ad

समाज


‘ड्रेस टु इम्प्रेसन–२’मा ८० डिजाईरन उत्रँदै

‘ड्रेस टु इम्प्रेसन–२’मा ८० डिजाईरन उत्रँदै

नेपालखबर
असोज ९, २०७६ बिहिबार ८:२३,

काठमाडौंको बागबजार र ललितपुरको कुमारी पार्टीमा रहेको ‘ इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’का करिब ८० जना प्रशिक्षार्थी डिजाईनरहरु फेसन डिजाईन प्रतियोगितामा उत्रँदैछन्।

आयोजक सँस्था इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीले दोश्रो संस्करणको ‘ड्रेस टु इम्प्रेसन–२’ फेसन डिजाईन प्रतियोगिता ११ असोज (शनिबार) साँझ काठमाडौंको बालुवाटार स्थित अम्रपाली पार्टी प्यालेसमा आयोजना गर्दैछ। यो प्रतियोगितामा ८० जना फेशन डिजाईनरहरु आफैंले तयार गरेका पहिरनमा र्याम्पमा उत्रने छन्। ६० महिना यताबाट फेसन डिजाईन पढीरहेका विधार्थीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन्।

यी डिजाईनरहरुको फेशन डिजाईनको प्रारम्भिक प्रस्तुति इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीमा बुधबार सम्पन्न भएको छ। सो प्रारम्भिक प्रस्तुतिमा डिजाईनहरुले आफ्नो डिजाईन र ड्रेसको रँग, डिजाईन, प्रभाव र महत्वबारे प्रकाश पारे। आफुले तयार पारेको ड्रेसमा उनीहरु सजिएर सो क्रममा प्रस्तुत भएका थिए।

प्रारम्भिक प्रस्तुतिको निर्णायकमा राजधानी दैनिकका बरिष्ट उप सम्पादक डब्बु क्षत्री, गायिका÷नायिका बिष्णु चेम्जोङ, इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पा र इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका एकेडेमीक निर्देशक राजु सुवाल थिए।

आयोजक संस्थाका प्रबन्ध निर्देशक शेर्पाका अनुसार इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका विधार्थीहरुको डिजाईन प्रोत्साहनका लागि ‘ड्रेस टु इम्प्रेसन’ गत वर्षबाट आयोजना गरिँदै आएको हो। यो प्रतियोगितामा उत्कृष्ट हुने डिजाईनरलाई १५ हजार रुपैयाँ र ट्रफी, फस्ट रनर अप डिजाईनरलाई १० हजार रुपैयाँ र ट्रफी एवम् सेकेन्ड रनर अप हुने डिजाईनरलाई ८ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ।

यो फेशन साँझको कोरियोग्राफी बिपना थापाले गर्दैछिन्। कार्यक्रममा फेशन शोसँगै विभिन्न साँस्कृतिक प्रस्तुति पनि रहने आयोजक फुपु तेन्जिङ शेर्पाले जानकारी गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .