फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी सेमिफाइनल खेलमा इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाले दोस्रो गोल गरेको छ।
अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले दोस्रो गोल गरेका हुन्।
उनले कप्तान मेसीको पासमा गोल गरेका हुन्।
हाल खेल २-१ को अन्तरमा जारी छ।
इंग्ल्यान्डविरुद्ध खेलको ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले पहिलो गोल गरेका थिए भने दोस्रो गोल इन्जुरी समयमा भएको हो।
अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलमा इंग्ल्यान्डले पहिलो गोल गरेको थियो।
खेलको ५५औँ मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा दुवै टोलीले गोलविहीन खेलेका थिए।
180
Shares

प्रतिक्रिया