ad ad

समाज


नवलपरासी दुर्घटना अपडेट : ६ जनाको मृत्यु, ३९ घाइते

नवलपरासी दुर्घटना अपडेट : ६ जनाको मृत्यु, ३९ घाइते

नेपालखबर
असोज ७, २०७६ मंगलबार १:३४,

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीका दुई स्थानमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३९ यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार पूर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको हो।

लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार कावासोती नगरपालिका-८ स्थित खरकट्टा जंगल क्षेत्रमा सोमबार राति आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा कारमा सवार सबै ५ यात्रुकाे मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा नवलपरासीको देवचुली नगरपालिका केउरेनीका ३५ वर्षीय पूर्णबहादुर विक, २९ वर्षीय हिरा राना,  ३१वर्षीय दीपेश राना, दिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज रानामगरको मृत्यु भएको हो । 

20190924 063230 1

यस्तै, नवलपरासीको मध्यविन्दु नगरपालिका –१० मा बस पल्टिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा ३९ जना घाइते भएको नवलपरासी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दाङबाट काठमाडौंका लागि छुटेको ना ७ ख ८६४२ नम्बरको बस सोमबार राति पौने २ बजे आफैं अनियन्त्रित भई पल्टिएको हो।

दुर्घटनामा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसका घाइतेलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ। चालक निदाएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .