ad ad

खेल


ए डिभिजन लिग मंसिर २८ बाट

ए डिभिजन लिग मंसिर २८ बाट

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १२:५४,

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विज्ञप्ति जारी गर्दै 'ए' डिभिजन लिग मंसिर २८ गतेबाट हुने जानकारी दिएको हो।

एन्फाले आगामी वर्षदेखि स्थायी रुपमा नोभेम्बर १ गतेबाट ए डिभिजन लिग सुरु हुने मिति समेत निर्धारण गरेको छ।

लिगमा 'ए' डिभिजनका १४ क्लबले खेल्नेछन्। प्रतियोगिताका लागि १४ क्लबले १८/१८ खेलाडी दर्ता समेत गराईसकेको एन्फाले जनाएको छ ।

गत वर्ष ५ वर्षपछि ए डिभिजन लिग सुरु भएको थियो। रेलिगेसन बिनाको 'ए' डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो।

मनाङको ए डिभिजन लिगको उपाधि कीर्तिमानी ८ औं पटक जितेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .