ad ad

कारोबार


साना उद्योगको उत्पादन गुणस्तरीय, बजार सहज

साना उद्योगको उत्पादन गुणस्तरीय, बजार सहज

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १३:६,

थोरै पूँजीबाट सुरु भएका घरेलु तथा साना उद्योगका उत्पादन पनि बजार प्रतिष्पर्धामा स्थापित हुन थालेका छन्।

साना, मझौला तथा घरेलु उद्योगीहरुले गुणस्तरीय र उपभोक्ताको रुची तथा समय अनुसारको डिजाईनमा तयारी कपडा उत्पादन गर्न थालेपनि नेपाली सुती तथा ढाकाको उत्पादनले ह्वात्तै बजार लिएको हो। २÷४ वर्ष अगाडी नेपाली सुती र ढाकाको कपडाबाट बनेका तयारी पोशाक बेच्नका लागि उत्पादकर्तालाई हम्मे हम्मे पथ्र्यो। अहिले भने त्यो अवस्था छैन। सुती र ढाकाको कपडा एक पटक प्रयोग गरेका उपभोक्ताहरु उत्पादनकर्तालाई खोज्दै आउन थालेका छन्।

यसबाट नेपाली उत्पादन बजारमा स्थापित हुनुको साथै उद्योगीलाई पनि प्रोत्साहन र हौसला मिलेको छ। ४ बर्ष देखि ढाकाको कपडा उत्पादन र बिक्रि गर्दै आएकी न्यू पाथिभरा कलेक्सनकी आशा पोभू नेपाली उपभोक्तामा पनि ढाका र्निमित कपडा प्रयोग बढेको देखेर दंग छन्। तेह्थुपकी आशालाई अहिले आफ्नो उत्पादनको बजारिकरणको समस्या पटक्कै छैन। १ हजार देखि ३५ हजारसम्मका ढाकाका उत्पादन आफुसँग भएको बताउने आशा गुणस्तरीय वस्तु उत्पादन गरे उपभोक्ता खोज्नु नपर्ने बताउँछिन्।

त्यस्तै अनुग्रह ह्याण्डीक्राफ्ट कि कृष्ण कुमारी पौडेल पनि ढाकाको आफ्नो उद्योगबाट सन्तुष्ठ छन्। पहिला स्वदेशी उत्पादन त्यसमा पनि ढाका प्रयोग बारे उपभोक्ताको चासो नभएपनि पछिल्लो ढाकाका बस्तुमा उपभोक्ताको माग अत्याधिक बढेको बताउँछिन्।

सुतीको कपडा प्रति पनि उपभोक्ताको चाहाना उत्तिकै बढेको छ। साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा विहिबार देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘नेपाल एसएमबि व्यापार मेला’ मा उल्लेख्य संख्यामा सुतीका कपडाका स्टलमा उपभोक्ताको उल्लेख भिड देखिन्थ्यो। जोरबा बुद्ध इन्टरप्राईजेजका अशोक कुमार सिंहले जाडो, गर्मी दुवै मौसममा लगाउन मिल्ने गरि तयार पारिएकाले सुतीको तयारी कपडा प्रयोगमा उपभोक्ताको चासो बढ्दै गएको बताए। त्यसैगरी सुतीको तयारी कपडा उद्योगी रणविर मालाकार नेपाली सुती कपडाको प्रयोग बढेसँगै व्यवसायमा दीगोपना आएको बताउँछन्।

घरेलु स्वादका अचार तथा ड्राईफुडको प्रयोग पनि अत्याधिक बढेको छ। ३ वर्षदेखि घरमै बसेर घरेलु स्वादका अचार र ड्राईफुड बनाउन थालेकी शुभम उद्योगकी सञ्चालक इन्दु शर्माले बनाएको अचार स्वदेशमा मात्रै होइन विदेशमा पनि निर्यात हुने गरेको छ। उनले बजारीकरणको समस्या नभएपनि प्रर्दशनीले नया उपभोक्ता थप्न सहयोग पुर्याउने भएकाले आफ्नो उत्पादन बेच्न आफै आएको बताइन्।

सानो सानो लगानीमा सुरु भएका अचार बनाउने, पोते बनाउने, गहुँको छ्वाली, पराल आदीबाट बनाईने सामाग्रीको साथै ढाका र सुतीका मझौला उद्योगका उत्पादनको प्रयोग बढेसँगै यस्ता उद्योगको भविश्य सुनिश्चित हुनुको साथै मुलुकको आर्थिक सम्वृद्धिमा पनि उल्लेख्य टेवा पुग्ने निश्चत छ। त्यसैले स्वरोजगारी र साना उद्योगको प्रवद्र्धनलाई सरकारले अझै प्राथमिकतामा राख्न सक्ने हो भने भविष्यमा स्वदेशी उत्पादनको निर्यात अस्वभाविक ढंगले बढ्ने देखिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .