ad ad

खेल


यू-१९ एसिया कप: नेपाल र श्रीलंकाबीचको खेल शुरु, ४२ ओभरको हुने

यू-१९ एसिया कप: नेपाल र श्रीलंकाबीचको खेल शुरु, ४२ ओभरको हुने

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ६:१२,

एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत अहिले जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ९ ओभरमा २ विकेट गुमाएर ४३ रन बनाउँदा बर्षाले खेल रोकिएको थियो।

वर्षा रोकिएसँगै पुन: खेल शुरु भएको छ। अब खेल ४२-४२ ओभरको हुनेछ।

११ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ५१ रन जोडेको छ। नेपालका ओपनर रित गौतम २४ तथा कप्तान रोहित पौडेल ७ रनमा बनाएर खेलिरहेका छन्।

यू-१९ मा नेपाल र श्रीलंका अहिलेसम्म ४ चोटी आमने सामने भएका छन्। सबै खेल श्रीलंकाले जितेको छ।

२००० मा पहिलो पटक नेपाल यू-१९ विश्वकपमा श्रीलंकासँग भिडेको थियो। त्यसबेला श्रीलंकाले ९ विकेटको जित हात पार्‍यो। 

यस्तै २००८ र २०१२ मा भएको यू-१९ विश्वकपमा नेपाल क्रमश: ६७ रन र ८ विकेटले पराजित भएको थियो। 

अन्तिम पटक भने नेपाल २०१६ मा यू-१९ एसिया कपमा श्रीलंकासँग भिडेको थियो। त्यसबेला नेपाल जित नजिक पुगेर पनि १ रनले पराजित भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .