ad ad

कारोबार


टानको निर्वाचन हुँदै, कुन प्यानलका को भिड्दै छन्? यस्ता छन् एजेन्डा

टानको निर्वाचन हुँदै, कुन प्यानलका को भिड्दै छन्? यस्ता छन् एजेन्डा

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ६:३,

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ। निर्वाचनमा सत्तापक्ष र प्रतिपक्षबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

सत्तापक्षतर्फ नेकपाको समर्थन रहेको समूहबाट अञ्जन थापाले उम्मेदवारी घोषणा गरिसकेका छन्। त्यस्तै, सोही समूहबाट महासचिवमा सरिता लामाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेकी छिन्। त्यस्तै, कांग्रेसले समर्थन गरेको सुवेदी समूहबाट खुमबहादुर सुवेदीले अध्यक्ष र कर्मा शेर्पाले महासचिवमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

टानमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहिचत १७ पदमा निर्वाचन हुनलागेको हो। सत्तापक्षको समर्थन रहेको थापा समूहबाट वरिष्ठ उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा, द्वितीय उपाध्यक्षमा तेञ्जिङ शेर्पा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेकबहादुर खकुराल र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन्।

त्यस्तै, सदस्यमा डिमादिकी शेर्पा, सुनील सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङमा शेर्पा र ठाकुर सापकोटाले उमेदवारी घोषणा गरेका छन्। यो समूहले १६ बुँदे घोषणापत्र सार्वजनिक गरेर ट्रेकिङ एजेन्सीको बैंक ग्यारेन्टी रकम २५ लाख पुर्याउन लागेको भन्दै त्यसलाई रोक्ने योजना अघि सारेको छ। त्यस्तै, पर्यटकले गाइड लैजानैपर्ने, व्यावसायिक कल्याणकारी फन्ड बनाउनेलगायतका चुनावी योजना सार्वजनिक गरेको छ। त्यस्तै, व्यवसायी, कामदार र पर्यटकलाई निःशुल्क उपचार गर्ने र अन्य थुप्रै नीतिगत योजना समेत अघि सारेको छ।

यता कांग्रेस समर्थन रहेको सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदीप घिमिरे, कोषाध्यक्षमा रितु ग्याम्दान र सह–कोषाध्यक्षमा प्रदीप पण्डित रहेका छन्। त्यस्तै खोमराज अधिकारी, सिम्बिर घले, सोनाम ग्याल्जेन शेर्पा, कान्छा शेर्पा, केशवप्रसाद दाहाल, सनम शेर्पा, रविन्द्र महर्जन, तेन्जिङ शेर्पा र बुद्धकुमारी अधिकारीले सदस्यका लागि उमेदवारी घोषणा गरिसकेका छन्।

सुवेदी समूहले कर विवादको समाधान र सरलीकरण गर्ने, पर्यटकसँग नेपाली गाइड अनिवार्य हुनुपर्नेलगायतका एजेन्डा अघि सारेको छ। त्यस्तै, एडभेन्चर ट्राभल मार्ट सुरु गर्ने, पर्यटन बोर्ड र टान विच टिम्सको समस्या समाधानको पहल गर्ने मुख्य एजेन्डा भएको अध्यक्षका प्रत्याशी सुवेदीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .