ad ad

समाज


सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ६:१३,

काठमाडौं महानगरपालिका ११ सुन्धारास्थित बा.१ग २४५६ नम्बरको नेपाली सेनाको ट्रकले बा.६८प ७५० नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृतक ललितपुर नख्खीपोट बस्ने अर्घाखाँची बालारानी गाउँपालिका ९ घर भएका २५ वर्षीय लेख बहादुर पुनः मगरको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .