कोलम्बोको स्थानिय चिल मरियन्स क्लबले शुक्रबार भएको तेस्रो अभ्यास खेलमा दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको नेपाल ४०.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रनमा समेटियो।
नेपालका लागि आसिफ सेखले ४५, भीम सार्कीले २६, रित गौतमले २५, पवन सर्राफले १२, हरिबहादुर चौहान र कुशल मल्लले ४–४, रोहित पौडेलले २ रन जोडे भने सन्दीप जोरा र रासिद खानले खाता नै खोल्न सकेनन्।
यो पनि: एसिया कप: नेपालको सनसनी मच्चाउने लक्ष्य
त्यसअघि कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको मरियन्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो।
नेपालका सुर्य तमाङ र पवन सर्राफले समान २–२ विकेट हात पारे। यस्तै सागर ढकाल, राशिद खान र कमल सिंहले समान १–१ विकेट लिए।
नेपालले एसीसी यू–१९ एसिया कपको तयारीका लागि श्रीलंकामा ३ वटा अभ्यास खेल खेलेको हो। पहिलो खेलमा पराजित नेपालले बिहीबार भएको दोस्रो खेलमा जित हात पारेको थियो। शुक्रबार भने पुनः नेपाल पराजित भएको छ।
भदौ १९ गतेबाट श्रीलंकामा सुरु हुने प्रतियोगितामा यसपटक टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तानसँगै दुई एसोसियट राष्ट्रहरु नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन्।
समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा टेस्ट राष्ट्रहरु श्रीलंका र बंगलादेशको र अन्तिम खेलमा यूएईको सामना गर्दैछ।
नेपाली टोलीको लक्ष्य कम्तिमा टेस्ट राष्ट्रलाई पराजित गर्दै सेमिफाइनलसम्म पुग्नेछ।
एसिया कपमा नेपालको खेल तालिका
भदौ १९: देखि भदौ २८ सम्म
भदौ २०: नेपाल भर्सेस श्रीलंका
भदौ २२: नेपाल भर्सेस बंगलादेश
भदौ २४: नेपाल भर्सेस यूएई
Shares

प्रतिक्रिया