यूरोपियन फुटबल महासंघले बिहीबार घोषणा गरेको अघिल्लो सिजनको उत्कृष्ट फरवार्डको अवार्ड मेस्सीले पाएका हुन्।
मेस्सीले यो अवार्डमा लिभरपुलका सडियो माने र यूभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारे। मेस्सीले २८५ अंक पाउँदा दोस्रो स्थानमा रहेका मानेले १०९ तथा रोनाल्डोले ९१ अंक पाएका थिए। उत्कृष्ट फरवार्ड अवार्डमा रोनाल्डोले मेस्सीभन्दा १९४ अंक कम पाए।
उत्कृष्ट दश फरवार्डहरुले पाएको अंक
1 Lionel Messi (Barcelona) – 285 points
2 Sadio Mané (Liverpool) – 109 points
3 Cristiano Ronaldo (Juventus) – 91 points
4 Mohamed Salah (Liverpool) – 83 points
5 Dušan Tadić (Ajax) – 35 points
6 Raheem Sterling (Manchester City) – 15 points
7 Robert Lewandowski (Bayern) – 10 points
8 Roberto Firmino (Liverpool) – 9 points
9 Harry Kane (Tottenham) – 9 points
10 Leroy Sané (Manchester City) – 6 points
च्याम्पियन्स लिगमा सहभागिता जनाउने ३२ क्लबका प्रशिक्षकहरु तथा यूराेपका विभिन्न ५५ जना पत्रकारहरुको मतका आधारमा मेस्सी उत्कृष्ट फरवार्ड चुनिएका हुन्। यस्तै यूएफाका हरेक एक राष्ट्रका सदस्यहरुहरुले समेत मत दिएका थिए। प्रशिक्षकहरुलाई भने आफ्नै क्लबका खेलाडीहरुलाई भोट दिन बन्देज लगाइएको थियो।
उनीहरुले एक नम्बरमा छानेका खेलाडीलाई ५ अंक, दोस्रोमा छानेका खेलाडीले ३ अंक तथा अन्तिममा छानिएका खेलाडीले एक अंक पाएका थिए। त्यसो गर्दा सर्वाधिक अंक ल्याएर मेस्सी विजेता भएका हुन्।
अघिल्लो सिजनमा मेस्सी यूरोपियन च्याम्पियन्स लिगमा १२ गोल गर्दै सर्वाधिक गोल स्कोरर थिए। उनको टोली बार्सिलोना भने च्याम्पियन लिभरपुलसँग सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो।
गत सिजनमा मेस्सीले स्पेनिस ला लिगा जितेका थिए। उनी ला लिगाका पनि उच्च स्कोरर हुनुका साथै सबैभन्दा बढी सहायक गोलकर्ताको भुमिका निर्वाह गर्ने खेलाडी समेत थिए।
गत सिजन च्याम्पियन्स लिगमा १० खेल खेलेका मेस्सीले १२ गोल गर्नुका साथै ३ गोलमा सहायकको भुमिका निर्वाह गरेका थिए। यस्तै ला लिगामा ३४ खेल खेल्दै उनले ३६ गोल गरे।
मेस्सीका बारेमा बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भेलभर्डे भन्छन्, 'मेस्सी छुट्टै ग्रहबाट आएका अद्भुत खेलाडी हुन्। उनी गोल स्कोररमात्रै होइन्।उनी उत्तिकै सहायकको रुपमा देखिन्छन्। आफ्नो वरिपरिको वातावरण पनि गज्जब बनाउछन्।'
Shares

प्रतिक्रिया