यूरोपको शीर्ष प्रतियोगिता च्याम्पियन्स लिग आयोजक यूरोपियन फुटबल महासंघले बिहीबार राति एक समारोहकाबीच भान डिजेकलाई अघिल्लो सिजनको सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको हो।
२८ वर्षिय नेदरल्याण्डका खेलाडी भान डिजेकले तीन पटकका यूएफा वर्ष पुरुष खेलाडी बनिसकेका क्रिस्टियानो रोनाल्डो र दुई पटकका वर्ष खेलाडी लियोनल मेस्सीलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन्।
यो पनि: रोनाल्डोलाई पछि पार्दै मेस्सी बने यूरोपका उत्कृष्ट फरवार्ड
गत सिजनमा भान डाइकले लिभरपुलबाट च्याम्पियन्स लिगको उपाधि उचाल्नुका साथै यूएफा नेशन्स लिगको उपविजेता बनेका थिए। यस्तै प्रिमियर लिगको उपविजेता समेत रहेका भान डिजेक अघिल्लो सिजनमा पीएफए प्लेयर अफ द इअर समेत घोषित भएका थिए।
च्याम्पियन्स लिगमा १२ खेल खेलेका उनले २ गोल गर्नुका साथै २ गोलमा सहायकको भुमिका निर्वाह गरेका थिए।
यस्तै प्रिमियर लिगमा ३८ खेल खेलेका उनले ४ गोल गर्नुका साथै २ मा सहायकको भुमिका निर्वाह गरेका थिए।
अघिल्लो सिजनमा यूरोपका शीर्ष दश खेलाडी
1 Virgil van Dijk (Liverpool & Netherlands) – 305 points
2 Lionel Messi (Barcelona & Argentina) – 207 points
3 Cristiano Ronaldo (Juventus & Portugal) – 74 points
5 Sadio Mané (Liverpool & Senegal) – 51 points
6 Mohamed Salah (Liverpool & Egypt) – 49 points
7 Eden Hazard (Chelsea/Real Madrid & Belgium) – 38 points
8= Matthijs de Ligt (Ajax/Juventus & Netherlands) – 27 points
8= Frenkie de Jong (Ajax/Barcelona & Netherlands) – 27 points
10 Raheem Sterling (Manchester City & England) – 12 points
च्याम्पियन्स लिगमा सहभागिता जनाउने ३२ क्लबका प्रशिक्षकहरु तथा यूराेपका विभिन्न ५५ जना पत्रकारहरुको मतका आधारमा मेस्सी उत्कृष्ट फरवार्ड चुनिएका हुन्। यस्तै यूएफाका हरेक एक राष्ट्रका सदस्यहरुहरुले समेत मत दिएका थिए। प्रशिक्षकहरुलाई भने आफ्नै क्लबका खेलाडीहरुलाई भोट दिन बन्देज लगाइएको थियो।
उनीहरुले एक नम्बरमा छानेका खेलाडीलाई ५ अंक, दोस्रोमा छानेका खेलाडीले ३ अंक तथा अन्तिममा छानिएका खेलाडीले एक अंक पाएका थिए। त्यसो गर्दा सर्वाधिक अंक ल्याएर भान डिजेक सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए।

प्रतिक्रिया