अखिल नेपाल फुटबल संघ (एन्फा), संकटा क्लब र नेक्सस स्कुलबीच फुटबल एकेडेमी सञ्चालनका लागि सम्झौता भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मगंलबार भएको सम्झौतामा एन्फाका उपाध्यक्ष समेत रहेका युवा विकास समितिका अध्यक्ष उपेन्द्रमान सिंह, संकटाका कार्यवहाक अध्यक्ष सुरेन्द्र सिख्राकार र नेक्ससका प्रिन्सिपल आरबी कटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
एकेडेमीको नाम नेक्सस संकटा युथ एकेडेमी रहनेछ।
सम्झौताअनुसार पहिलो वर्ष १४ खेलाडीको छनोट गरिनेछ। जसमा संकटा क्लब र नेक्ससले समान ७ खेलाडी एकेडेमीमा राख्नेछन्।
दोस्रो वर्ष एकेडेमीमा रहने २१ खेलाडीमध्ये १४ जना खेलाडी संकटाले उपलब्ध गराउनेछ।
योसँगै विभागीय टोलीपछि एकेडेमी सुरुवात गर्ने संकटा पहिलो ए डिभिजन क्लब बनेको छ।
यसअघि नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबले एकेडेमी सञ्चालनका लागि खेलाडी छनोट गरेका थियो।
त्यसका लागि एन्फाले खेलाडी छनोट गरी विभागीय टोलीलाई उपलब्ध गराएको थिया ।

प्रतिक्रिया