राष्टिय क्रिकेट टोलीका ब्याट्सम्यान पृथु बास्कोटाले स्पेनमा हुने नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक क्रिकेट शृंखला गुमाउने भएका छन्।
पृथु अमेरिकामा अर्को सिरिजमा व्यस्त भएकाले स्पेनमा हुने प्रतियोगितामा सहभागी हुन नसक्ने भएका हुन्।
‘पृथुले क्लोज क्याम्पमा सहभागी हुन नसक्ने भनेर हामीलाई जानकारी गराइसकेका छन्’, नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले भने, ‘उनी हाल नेपालबाहिर रहेकाले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने भनेर जानकारी गराएका हुन्।’
दासका अनुसार उनले व्यक्तिगत कारण देखाउँदै आउन नसक्ने बताएका छन्। यसबारे क्यानलाई जानकारी गराइएको म्यानेजर दासले जानकारी दिए।
सिरिजका लागि भोलिबाट बन्द प्रशिक्षण सुरु हुँदै छ।
स्पेनमा हुने आईसीसी सी डब्लुसी लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि घोषणा गरिएको टोलीमा पृथु बाँस्कोटा पनि थिए।
सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले २० सदस्यीय टोलीको घोषणा गरेको थियो।
टोलीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी र अविनास बोहोरा छन्।
यस्तै सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम शोब, पवन सर्राफ र पृथु बाँस्कोटा थिए।

प्रतिक्रिया