समाज


उपत्यकामा ३५३ सहित देशभर २ हजार २९७ संक्रमित थपिए

उपत्यकामा ३५३ सहित देशभर २ हजार २९७ संक्रमित थपिए

नेपालखबर
असार ७, २०७८ सोमबार ११:३१,

गएको २४ घण्टामा नेपालमा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१० हजार ९०४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।

६ हजार ५८३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५८४ र ४ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज ४६ जनाको मृत्यु भएको छ। यो सहित कोरोना संक्रमणका कारण आजसम्म मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ।

आज काठमाडौं उपत्यकामा काठमाडौं २८५, ललितपुर ३५ र भक्तपुर ३३ जना गरी ३५३ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad