खेल


एसिया कपका लागि नेपाली टोलीको घोषणा, तीन खेलाडीको पुनरागमन

एसिया कपका लागि नेपाली टोलीको घोषणा, तीन खेलाडीको पुनरागमन

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ५:९,

रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टोलीको घोषणा गरेको हो। यसअघि एसीसी पुर्वी क्षेत्रीय प्रतियोगितामा विश्राम पाएका मोहमद आसिफ शेख, सन्दीप जोरा र सूर्य तामाङले टोलीमा पूनरागमन गरेका छन्।

टोलीमा यू-१६ का कप्तान समेत रहेका विशालविक्रम केसी र तिलक भण्डारीले भने स्थान बनाउन सकेनन्।

प्रतियोगिता नेपाल समूह बीमा छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई छन् । नेपालले सेम्टेम्बर ६ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । यस्तै सेप्टेम्बर ८ मा बंगलादेश र सेप्टेम्बर १० मा यूएईसँग खेल्नेछ ।

यस्तै प्रतियोगिताको समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । सेप्टेम्बर ५ मा भारतले कुवेतसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछन् । राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

घोषित नेपाली टोली यस्तो छ:

१. रोहितकुमार पौडेल (कप्तान)

२. पवन सर्राफ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरिबहादुर चौहान
६. भिम सार्की
७. मोहमद आसिफ शेख
८. सन्दीप जोरा
९. कुशल मल्ल
१०. राशिद खान
११. सागर ढकाल
१२. खडक बहादुर बोहोरा
१३. सूर्य तामाङ
१४. लोकेश बम
१५. प्रतिस जिसी

व्यवस्थापक – राजु खड्का
प्रशिक्षक – विनोद दास
ब्याटिङ कन्सल्टेन्ट – अपूर्व देशाई
फिजियो – विक्रम न्यौपाने
ट्रेनर – सुबास पात्रो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad