ट्रकको ठक्करबाट चितवनमा एक जना चेपाङ युवाको को मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा चितवन इच्छाकामना गाउँपालिका–४ का २५ वर्षीय राजकुमार प्रजा रहेको छ।
नारायणढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ५ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश नं ३–००–२०० नम्बरको मोटरसाइकललाई इच्छाकामना–३ चुम्लिङटारमा गए राति ठक्कर दिएको हो।
मोटरसाइकल पछाडि बसेका राजकुमार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुन नसकेपछि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइते मोटरसाइकल चालक इच्छाकामना–४ कै २१ वर्षीय लोकेन्द्र प्रजाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
ठक्कर दिने ट्रक र ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया