फिफा विश्वकप-२०२६ अन्तर्गत केही बेरअघि सकिएको समूह ‘जे’को खेलमा अल्जेरिया र अस्ट्रियाले रोमाञ्चक बराबरी खेलेका छन्।
दुवै टोली ३–३ गोलको बराबरीमा खेलेर नकआउट चरणमा प्रवेश गरेका छन्।
अस्ट्रियाले खेलको २८ औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता बनाएको थियो। अस्ट्रियाका मार्को अर्नाटोभिचले पहिलो गोल गरे।
अल्जेरियाका रफिक बेलघालीले ४५ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याए।
खेलको ५५ औँ मिनेटमा अस्ट्रियाका मार्सल सबिट्जरले गोल गरेर खेललाई २-१ को अवस्थामा ल्याए। ६० मिनेटमै अल्जेरियाका रिहाद महरेजले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
इन्जुरी समयको तेस्रो मिनेटमा महरेजले अर्को गोल गर्दै अल्जेरियालाई ३-२ को अवस्थामा पुयाए। तर, इन्जुरी समयको छैटौँ मिनेटमा अस्ट्रियाका सासा कालाज्डेजिकले गोल फर्काएर खेललाई ३–३ को बराबरीमा टुंग्याए।
यो समूहबाटअस्ट्रिया र अल्जेरिया नकआउट चरणमा प्रवेश गर्दा गर्दा गोल अन्तरको आधारमा अल्जेरिया तेस्रो भए पनि नकआउट चरणमा पुगेको छ।
Shares

प्रतिक्रिया