खेल


श्रीलंकाविरुद्धको एक दिवसीय र टी–२० शृंखलाको लागि भारतीय टोली घोषणा, धवनको कप्तानी

श्रीलंकाविरुद्धको एक दिवसीय र टी–२० शृंखलाको लागि भारतीय टोली घोषणा, धवनको कप्तानी

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ११:८,

अर्को महिना श्रीलंकासँग हुने तीन एक दिवसीय र टी–२० इन्टरनेशनल शृंखलाका लागि २० सदस्यीय भारतीय टोलीको घोषणा भएको छ। दुवै सिरिज कोलम्बोमा हुनेछ।

श्रीलंकासँगको सिरिजका लागि छनोट समितिले छनोट गरेको टोलीको कप्तानी ओपनर शिखर धवनले गर्नेछन्।

धवनले पहिलोपटक भारतीय टोलीको कप्तानी सम्हाल्नलागेका हुन्।

दोस्रो रोजाइको खेलाडीलाई मौका दिएर घोषणा गरिएको टिममा देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड, नितिश राना, स्पिनर कृष्णप्पा गौवथम र चेतन सकारियाले पहिलो पटक भारतीय टोलीमा स्थान बनाएका छन्।

भारतीय टोलीले जुलाई १३ मा पहिलो ओडीआई खेल्नेछ भने जुलाई १६ मा दोस्रो र १८ मा तेस्रो ओडीआई खेल्नेछ।

यस्तै जुलाई २१ मा पहिलो, जुलाई २३ मा दोस्रो र २५ जुलाईमा तेस्रो टी–२० आई खेल्ने तालिका छ।

भारतको पहिलो रोजाइको खेलाडीले इंग्ल्यान्डमा अर्को साता न्युजिल्यान्डसँग आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल्नेछ।

त्यसपछि भारतले इंग्ल्यान्डसँग सिरिज खेल्ने कार्यक्रम छ।

पहिलो रोजाइका खेलाडी न्युजिल्याण्ड र इंग्ल्यान्डसँगको खेलमा व्यस्त हुँदा भारतले दोस्रो रोजाइका खेलाडीलाई श्रीलंकासँग खेलाउन लागेको हो।

यस्तो छ भारतीय टोली
शिखर धवन (कप्तान), भुवनेश्वर कुमार (उपकप्तान), ईशान किशन (विकेटकिपर), सञ्जु स्यामसन (विकेटकिपर), पृथ्वी शा, देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड, सूर्यकुमार यादव, मनिष पाण्डे, हार्दिक पान्ड्या, नितिश राना, युजभेन्द्र चहल, राहुल चाहर, कृष्णप्पा गोवथम, क्रुनाल पान्ड्या, कुलदीप यादव, बरुण चक्रवर्ति, दीपक चाहर, नवदीप सैनी, चेतन सकारिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad