बार्साले लोनमा नेमार अनुबन्ध गर्ने तर आगामी सिजनबाट आफ्नै खेलाडी बनाउने सर्त राखेपछि पीएसजीले बार्साको प्रस्ताव अस्वीकार गरेको मार्काले जनाएको छ।
पीएसजीले नेमारलाई २ सय ५० मिलियन युरोमा सँधैका लागि लान सुरुवातमा प्रस्ताव गरेको थियो। तर कुनै पनि क्लब पीएसजीको मूल्य तिर्न सहमत भएनन्। बार्सा र मड्रिडले पनि नेमार किन्न सकेनन्।
त्यसपछिको विकल्पको रुपमा पीएसजीले नेमार लोनमा लान सकिने बताएको थियो।
लोनमा बार्साले आफूले लाने तर आगामी सिजन १ सय ५० मिलियन युरो तिरेर नेमार आफ्नो खेलाडी बनाउँछु भनेपछि पीएसजीले बार्साको अफर अस्वीकार गरेको हो।
ट्रान्सफर डेट सकिँन अब केही दिनमात्र बाँकी रहँदा बार्साले पीएसजीसँग नेमार अनुबन्ध गर्नेबारे छलफल गरिरहेको छ। बार्साको पहिलो अफर अस्वीकार भइसकेपछि बार्साले अब अर्को प्रयास पनि थाल्ने अनुमान छ।
रियल मड्रिड र युभेन्ट्सले समेत नेमारलाई लोनमा अनुबन्ध गर्ने प्रयास गरिरहेको बताइएको छ। अबको केही दिनमै नेमारको भविष्यबारे निर्णय हुनेछ।
नेमारले हालैका दिनमा पीएसजी छाड्ने अभिव्यक्ति दिएपछि उनको बहिर्गमनबारे प्रश्नहरु, चर्चाहरु चलेका हुन्।

प्रतिक्रिया