कारोबार


ग्रिनविच होटललाई साढे ९ करोड क्षतिपूर्ति दिएका छौँ, सञ्चालकले भ्रामक सूचना फैलाए : समिट होटल

ग्रिनविच होटललाई साढे ९ करोड क्षतिपूर्ति दिएका छौँ, सञ्चालकले भ्रामक सूचना फैलाए : समिट होटल

निर्माणाधीन समिट होटल।


नेपालखबर
जेठ २८, २०८३ बिहिबार १९:२९, काठमाडौँ

ग्रिनविच होटल, ललितपुरका संचालकले समिट होटल निर्माणका क्रममा भएको क्षतिपूर्ति नपाएको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोप्रति समिट होटलले खेद प्रकट गरेको छ।

समिट होटलले उक्त दाबी तथ्यहीन रहेको जनाउँदै ग्रिनविच होटलका सञ्चालकलाई क्षतिपूर्तिस्वरूप ९ करोड ६६ लाख रकम भुक्तानी गरिसकिएको जानकारी दिएको तथ्य सार्वजनिक गरेको छ। समिट होटलले ग्रिनविच होटलका संचालकले उक्त रकम बुझीलिएको हस्ताक्षरसहितको रिसिप्ट समेत सार्वजनिक गरेको छ।

होटलका अनुसार सम्बन्धित पक्षले उक्त रकम बुझिसकेको अवस्थामा क्षतिपूर्ति नपाएको दाबी गर्दै सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्ने कार्य शंकास्पद रहेको जनाएको छ।

समिट होटलले यस विषयमा सम्बन्धित सरकारी निकायलाई समेत जानकारी गराइसकेको जनाएको छ। होटलका अनुसार केही समयअघि ललितपुर महानगरपालिकाले समेत ग्रिनविच होटलका संचालकसँग प्राप्त ९ करोड ६६ लाख रकम के प्रयोजनमा उपयोग गरिएको भन्ने विषयमा जानकारी मागेको थियो।

समिट होटलका अनुसार ललितपुर महानगरपालिका वडा नं. १, कोपुण्डोलस्थित होटल तथा अपार्टमेन्ट निर्माणको प्रारम्भिक कार्य अघि बढाउने क्रममा मिति २०७९ चैत २५ गते आसपासका सात वटा संधियार तथा घरमा पुगेको क्षतिलाई सम्बोधन गर्दै सहमतिका आधारमा उचित क्षतिपूर्ति वितरण गरिएको थियो।

तर, ग्रिनविच होटलका संचालकले क्षतिपूर्तिवापतको रकम बुझिसकेपछि पनि आफूले कुनै क्षतिपूर्ति नपाएको दाबी गर्दै आम जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले तथ्यहीन सूचना प्रवाह गरिरहेको देखिएको समिट होटलको जनाएको छ।

“सामाजिक सञ्जालमार्फत आधारहीन तथा भ्रामक सामग्री सार्वजनिक गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने प्रयास भएकाले यसप्रति होटलको गम्भीर ध्यानाकर्षण भएको छ। सार्वजनिक गरिएका त्यस्ता सामग्रीमा कुनै सत्यता नरहेको स्पष्ट रूपमा खण्डन गर्दछौं,” समिट होटलले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad