नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि चितवन राइनोजले सात खेलाडीलाई ‘रिटेन’ गरेको छ।
चितवन राइनोजले कुशल मल्ल, देव खनाल, कमलसिंह ऐरी, अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहोरालाई ‘रिटेन’ गरेको हो। एनपीएलको गत संस्करणमा गरेको प्रदर्शनका आधारमा उनीहरूलाई ‘रिटेन’ गरिएको जनाइएको छ।
आगामी संस्करणमा पनि कुशल मल्लकै नेतृत्वमा चितवनले खेल्ने भएको छ। देव खनाल र अर्जुन साउद सम्भावना बोकेका युवा खेलाडी र कमलसिंह ऐरीको अलराउन्ड क्षमताले टोलीलाई सहयोग पुग्ने जनाइएको छ।
त्यस्तै, रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहोराले निरन्तर राम्रो प्रदर्शनले व्यवस्थापनको विश्वास जितेको चितवन राइनोजको भनाइ छ।
33
Shares

प्रतिक्रिया