खेल


प्रशिक्षक नाथले पूरा गरिन् एफआईभीबीको लेभल–१ कोर्स

प्रशिक्षक नाथले पूरा गरिन् एफआईभीबीको लेभल–१ कोर्स

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १६:३३, काठमाडौँ

न्यू डायमन्ड युथ स्पोट्र्स क्लबकी सहायक प्रशिक्षक ललिता नाथले विश्व भलिबल महासंघ (एफआईभीबी) ले आयोजना गरेको लेभल–१ प्रशिक्षक कोर्स पूरा गरेकी छिन्। 

ललिताले पहिलो सहभागितामा नै कोर्स उत्तीर्ण गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक बन्न सफल भएकी हुन्। 

थाइल्यान्डमा भएको लेभल–१ कोर्समा नेपालबाट ललिता एक्लै सहभागी भएकी थिइन्।। लेभल–१ कोर्षमा विश्वभरबाट ४५ प्रशिक्षक सहभागी थिए। 

न्यु डायमण्ड युथ स्पोर्टस क्लबकी पुर्व कप्तानसमेत रहेकी ललिताले अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरूसँग सिक्ने अवसर पाउनु आफ्नो लागि निकै महत्वपूर्ण रहेको बताएकी छिन्। 

ललिता डायमण्डसँगै एभरेष्ट भलिबल लिग च्याम्पियन कर्णाली यश्विजको प्रशिक्षण टोलीमा समेत छिन्। 

डायमन्डमा अब  लेभल–१ कोर्ष पूरा गर्ने २ जना प्रशिक्षक भएका छन्। यसअघि डायमन्डकै पनामिका राईले पनि एफआईभीबी लेभल–१ कोर्ष पूरा गरिसकेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad