इटालियन कार्लो एन्सेलोटी स्पेनिस क्लब रियल म्याड्रिडको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
जिनेदिन जिदानले प्रशिक्षकबाट राजीनामा दिएपछि रियलले आफ्नै टोलीका पूर्वप्रशिक्षक तथा इंग्लिस क्लब एभर्टनका एन्सेलोटीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। रियल र एन्सेलोटीबीच ३ वर्षको सम्झौता भएको छ।
सन् २०१३ मा पीएसजीबाट रियल पुगेका एन्सेलोटीले सन् २०१५ मा रियल छाडेका थिए। दुई वर्षमा उनले २०१४ मा च्याम्पियन्स लिग, कोपा डेल रे, सुपर कोपा र फिफा क्लब विश्वकप जिताएका छन्।
इटालियन क्लब एसी मिलानका पुर्व खेलाडी तथा प्रशिक्षक रहेका ६१ वर्षीय एन्सेलोटीले एभर्टन, रेगजियाना, पर्मा, युभेन्टस, चेल्सी, पीएसजी, बायर्न म्युनिख र नेपोलीको टोली सम्हालीसकेका छन्।

प्रतिक्रिया