खेल


बार्साका पूर्व प्रशिक्षकले स्पेनको टोलीमा किन अटाएनन् रियल मड्रिडका खेलाडी?

बार्साका पूर्व प्रशिक्षकले स्पेनको टोलीमा किन अटाएनन् रियल मड्रिडका खेलाडी?

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १०:१६,

रियल मड्रिडका कप्तान साथै राष्ट्रिय टोलीकै कप्तान सर्जियो रामोस नै युरोकपमा छानिएनन्।

इतिहासमै पहिलोपटक रियल मड्रिडबाट खेल्ने खेलाडी स्पेनको राष्ट्रिय टोलीमा अटाउन असफल भएका हुन्।

रामोस, मार्को आसेन्सियो, इस्कोजस्ता खेलाडी राष्ट्रिय टोलीमा नपरेपछि स्पेनका प्रशिक्षक लुइस इनरिकको आलोचना भएको छ।

इनरिक पूर्व बार्सिलोना फुटबल क्लबका प्रशिक्षक हुन्। उनले बार्साका सर्जियो बुस्केट्स, जोर्डि अल्वालाई युरोकपमा छनौट गरेका छन्। पिके भने टोलीमा परेनन्।

रियल मड्रिड र सर्जियो रामोस टोलीमा नपर्नाले आलोचना भएपछि इनरिकले प्रतिक्रिया जनाउँदै रामोस घाइते भएका कारण उनलाई टोलीमा स्थान नदिएको बताएका छन्।

Switzerland vs Spain: Luis Enrique: Ramos would've taken the next three,  four or however many more penalties | Marcaइनरिक र रामाेस

यस्तै सिंगो स्पेनको हित हुने हिसाबले राम्रो खेलाडी छनौट गर्नु परेको र आफूले क्लब हेरेर खेलाडी छनौट नगरेको उनको भनाइ छ।

रामोसले पनि आफू घाइते भएकाले आफूलाई आराम चाहिएको विषय खुलेर बताएका छन्।

‘रामोस यतिबेला प्रशिक्षण लिन र प्रतिस्पर्धामा उत्रन सक्षम छैनन्। मलाई नराम्रो लागिरहेको छ, उनी व्यवसायिक खेलाडी हुन् जसले राष्ट्रिय टोलीलाई धेरै देन दिएका छन्। तर उनले भविष्यमा राष्ट्रिय टोलीलाई सहयोग गर्नेछन्’ इनरिक रामोसको विषयमा भन्छन्,‘म सिंगो टोलीको फाइदा हेर्छु, क्लब या व्यक्ति हेर्दिन।’ मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad