लगनखेलस्थित आर्मीको कभर्डमा सोमबार बिहान भएको उद्घाटन खेलमा अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि दाबेदार टोली तुर्किमेनिस्तानले विजयी सुरुवात गरेको हो।
दोस्रो सेट गुमाएको तुर्किमेनिस्तानले पहिलो, तेस्रो र चौथो सेटमा जित हात पार्दै विजयी सुरुवात गर्यो।
प्रतिस्पर्धात्मक बनेको पहिलो सेट ३२–३० ले आफ्नो पक्षमा पारेको तुर्किमेनिस्तानले दोस्रो भने अफगानिस्तानसामु २५–१६ ले गुमाएको थियो।
त्यसपछि पुनरागमन गर्दै उसले तेस्रो सेट २७–२५ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पार्यो। तुर्किमेनिस्तान पहिलो र चौथो संस्करणको विजेता टोली समेत हो।
तुर्किमेनिस्तानले अब मंगलबार साँझ ५ बजे उज्वेकिस्तानको सामना गर्नेछ। यस्तै अफगानिस्तानले पनि सोही दिन दिउसो ३ बजे बंगलादेशको सामना गर्नेछ।
प्रतिक्रिया