डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मनलाई पछि पार्दै लिलले चौथो पटक फ्रान्सेली लिगको उपाधि आफ्नो पोल्टामा पारेको छ। लिलले सन् २०११ पछि पहिलो उपाधि जितेको हो।
आइतबार राति भएको अन्तिम चरणको खेलमा एन्जर्सलाई २-१ ले पराजित गर्दै लिलि च्याम्पियन बनेको हो। पीएसजीले ब्रेस्टलाई २-० ले पराजित गरेपनि लिलले १ अंकले पछि पार्दै उपाधिमाथि कब्जा जमाएको छ।
लिलले ३८ खेलबाट ८३ अंक जोड्दा पिएसजीले भने ८२ अंकमात्रै जोडेको थियो। लिल, पीएसजी र मोनाको च्याम्पियन्स लिगमा छनोट हुँदा चौथो स्थानमा रहेको लियोनले युरोपा कप खेल्ने छ। पाँचौ र छैटौँ स्थानमा रहेका मार्सेले र रेनेसले अर्को सिजन युरोपा कन्फेन्स लिग खेल्नेछन्।
3
Shares

प्रतिक्रिया