क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रेको युभेन्टस्ले इटालियन सिरी ए अन्तर्गत अन्तिम चरणको खेलमा फराकिलो जित निकाल्दै अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगका लागि छनोट भएको छ।
आइतबार राति भएको खेलमा युभेन्टसले बोलोग्नाको मैदानमा ४–१ को फराकिलो जित हात पारेको दिन नेपोली भेरोनासँग १(१ को बराबरीमा रोकिएपछि युभेन्टस च्याम्पियन लिगमा छनोट भएको हो।
अर्को खेलमा एसी मिलानले एटलान्टालाई २–० ले पराजित गर्दै लिगको उपविजेता बनेको छ। च्याम्पियन्स लिगमा स्थान पक्का गरेको एटलान्टा भने चौथो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ।
इन्टर मिलानले ३८ खेलबाट ९१ अंक जोड्दै च्याम्पियन बन्यो। दोस्रो स्थानको रहेको एसी मिलानले ७९ अंक जोड्यो। एटलान्टा र युभेन्टस समान ७८ अंक रहेपनि हेड टु हेडमा एटलान्टा तेस्रो र युभेन्टस चौथो स्थानमा रहे।
७७ अंकमा पाँचौ स्थानमा रहेको नेपोलीले भने युरोपा लिग खेल्नेछ।

प्रतिक्रिया