समाज


अमेरिकी गुप्तचरको दाबी : कोरोना, वुहान प्रयोगशालाबाटै उत्पन्न भएको संकेत पाइयो

अमेरिकी गुप्तचरको दाबी : कोरोना, वुहान प्रयोगशालाबाटै उत्पन्न भएको संकेत पाइयो

नेपालखबर
जेठ १०, २०७८ सोमबार ४:७,

एक अमेरिकी गुप्तचर रिपोर्टले विश्वमा कोरोना महामारी फैलिनु करिब १ महिनाअघि चीनको वुहानस्थित प्रयोगशालाका ३ जना अनुसन्धानकर्ता बिरामी परेको पत्ता लगाइएको दाबी गरेको छ।

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरअनुसार वुहान इन्स्टिच्युट अफ भाइरोलजीका ३ शोधकर्ता २०१९ नोभेम्बरमा बिरामी भएका थिए र उनीहरूले अस्पतालसँग मद्दत मागेका थिए।

त्यस अमेरिकी गुप्तचर रिपोर्टमा वुहान प्रयोगशालाका ती ३ अनुसन्धानकर्ता, उनीहरू बिरामी परेको समय र अस्पताल गएको जस्ता विस्तृत जानकारी दिइएको छ।

अमेरिकी रिपोर्टले कोरोना चीनको वुहानबाटै फैलिएको थियो भन्ने आशंकालाई बल पुर्‍याउने दाबी गरिएको छ।

यो रिपोर्ट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को त्यो बैठकभन्दा एक दिनअघि सार्वजनिक भएको हो, जुन बैठकमा डब्ल्यूएचओले कोरोनाको उद्गस्थलबारे गरेको अर्काे चरणको अनुसन्धानबारे छलफल गरिने अनुमान गरिएको छ।

अमेरिकाको सुरक्षा परिषदका प्रवक्ताले भने वाल स्ट्रिट जर्नलमा प्रकाशित त्यस खबरबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्। तर उनले बाइडेन प्रशानसन कोरोनाको उत्पतिस्थलबारेको अनुसन्धानप्रति गम्भीर भएको बताएका छन्।

यसअघि डब्ल्यूएचओको अनुसन्धान टोलीले चीनको वुहान पुगेर अनुसन्धान गरेको थियो, तर त्यहींबाट कोरोना फैलिएको भन्ने विषयमा पुष्टि गर्ने प्रमाण नभेटिएको बताएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad