क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा सेल्टा भिगोसँग २–१ ले पराजित भएको छ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न पुग्यो।
खेलको २७औँ मिनेटमा कप्तान लिओनल मेस्सीले गोल गरेपछि बार्सिलोनाले खेलमा सुरुवाती अग्रता बनाएको थियो।
सर्जियो बुस्केट्सको लामो क्रसमा मेस्सीले हेडर गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
त्यसको १० मिनेटपछि नै सान्ती मिनाले गोल गरेपछि सेल्टा भिगोले खेललाई बराबरीमा ल्याएको थियो।
खेलको ८८औँ मिनेटमा सान्ती मिनाले नै अर्को गोल गरेपछि बार्सिलोना हार भोग्न बाध्य भयो।
हारसँगै बार्सिलोना ७६ अंकमा तालिकाको तेस्रो स्थानमा छ। ८३ अंक भएको एटलेटिको म्याड्रिड शीर्ष र ८१ अंक भएको रियल मड्रिड दोस्रो स्थानमा छ।
प्रतिक्रिया