नेपाल विश्वविद्यालय खेलकुद संघले सदस्यसचिवको सम्मानमा शनिबार आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन्।
‘तत्काललाई दक्षिण एसियाकै टिमलाई बोलाएर भए पनि सुरुआत गर्नुस्। यसले राम्रै सन्देश जान्छ,’ सदस्य–सचिव सिलवालले भने, ‘परिषद्ले पनि सक्दो सहयोग गर्छ। यसलाई कसरी अगाडि बढाउन सकिन्छ आउनुस बसेर छलफल गरौं। हामीले सुरु गरेको देखेर अरुले पनि सुरुआत गर्न सक्छन्।’
कार्यक्रममा संघका अध्यक्ष प्रदीपराज जोशीले सदस्य–सचिव सिलवाललाई मायाको चिनो प्रदान गरेका थिए। यस्तै महासचिव पूर्णसिंह बोहराले संघ र अन्तर्राष्ट्रिय विश्वविद्यालय संघका गतिविधि बारे प्रकाश पारेका थिए।

प्रतिक्रिया