ad ad

खेल


सुपर लिगमा आज दुई खेल, पहिलाे जितकाे खाेजीमा ललितपुर

सुपर लिगमा आज दुई खेल, पहिलाे जितकाे खाेजीमा ललितपुर

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ७:३,

नेपाल सुपर लिग (एनएसएल)मा बिहीबार दुई खेल हुँदै छ। लिगको आजको पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी खेल्नेछन्।

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित  दशरथ रंगशालामा दिउँसो साढे २ बजे हुनेछ।

लिगमा पाँचौँ चरणको खेल खेल्न लागेको ललितपुर पहिलो जितको खोजीमा छ। ३ खेलमा बराबरी र एक खेलमा हार भोगेको ललितपुर ३ अंकमा पुछारबाट दोस्रो स्थानमा छ।

लिगका ४ खेलमध्ये १ खेलमा पनि जित निकाल्न नसकेपछि मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले आइतबार पोखरासँगको खेलपछि राजीनामा दिएका थिए। उनको स्थानमा सहायक प्रशिक्षक राजु तामाङले टोलीको जिम्मेवारी सम्हालेका छन्।

आजको खेलमा ललितपुर पराजित भए लिग चरणबाटै बाहिरिनेछ। बुटवल भने ललितपुरलाई पराजित गर्दै शीर्ष ४ को यात्रा मजबुत बनाउन चाहन्छ। बुटवल ५ अंकमा चौथो स्थानमा छ।

आजै हुने दोस्रो खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र विराटनगर सिटी एफसी खेल्दै छन्। तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर काठमाडौंलाई हराउँदै प्लेअफमा स्थान बनाउन चाहन्छ।

४ खेलमा २ मा जित एकमा हार र एक खेलमा बराबरी गरेको विराटनगर ७ अकंमा दोस्रो स्थानमा छ। तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका विराटनगर र काठमाडौं दुवै टोलीलाई आजको खेलमा जित्नैपर्ने दबाब छ। विराटनगर र काठमाडौ दुवैको समान ७ अंक छ।

यसअघि हिजो भएको खेलमा पोखरा थन्डर्सलाई १–० ले हराउँदै धनगढीले प्लेअफमा स्थान बनाइसकेको छ। धनगढीले ५ खेलमा ३ मा जित, १ मा बराबरी र १ मा हार भोग्दै १० अंक जोडेको छ।

ललितपुर र एफसी चितवन भने जितविहीन छन्।

लिगको शीर्ष दुईमा रहने टोलीले फाइनल प्रवेशका लागि खेल्नेछन्। पराजित हुने टोलीले तेस्रो र चौथो टोलीबीचको खेलको विजेतासँग पुनः खेल्नेछ। फाइनल खेल जेठ १ गते हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .