खेल


नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ६:३५,

राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जानकारी दिएको हो। नेपाल र इराकबीचको खेल बसराह रंगशालामा आगामी जेठ १५ गते (२९ मे) मा हुने एन्फाले बताएको हो।

कतार विश्वकप २०२२ छनोटका बाँकी खेलको तयारीका क्रममा इराकले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। विश्वकप छनोटमा बहराइनसँग खेल्नुअघि इराकले ताजकिस्तान र नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बताएको छ।

विश्वकप छनोटको समुह सी मा रहेको इराक फिफा बरियतामा ६८औँ स्थानमा रहेको छ। समुह बी मा रहेको नेपाल फिफाको वरीयतामा १७१ औँ स्थानमा छ।

नेपालले आफ्नो विश्वकप छनोटका खेल अन्तर्गत अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईविरुद्ध खेल्न बाँकी छ।

ती खेलहरु गत चैतमा दशरथ रंगशालामा हुने भनिए पनि कोरोनाको कारण देखाउँदै एएफसीले नेपाल रहेको समूहको खेल कुवेतमा गर्ने तय गरेको थियो।

नेपाल र इराकले पछिल्लो पटक सन् २००१ अप्रिलमा विश्वकप छनोटमा खेल्दा नेपाल ४–२ ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .