खेल


त्रिदेशीय क्रिकेट : उपाधिका लागि नेपाल र नेदरल्याण्ड शनिबार भिड्ने

त्रिदेशीय क्रिकेट : उपाधिका लागि नेपाल र नेदरल्याण्ड शनिबार भिड्ने

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार १३:३१,

तीन देश सम्मिलित टि ट्वान्टी अन्तर्राष्ट्रिय शृङखलाको उपाधिका लागि घरेलु टोली नेपालले शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

लिग चरणको ४ खेलमा ३ मा जित र १ मा हार भोगेको नेपाल ६ अंकमा शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो। समान खेलबाट २ मा जित १ मा हार र १ मा बराबरी गरेको नेदरल्याण्ड्स ५ अंकमा दोस्रो स्थानमा रहेर उपाधि नजिक पुगेको हो।

वर्षाका कारण १ खेलमा बराबरी गरेको मलेसिया भने बाँकी खेलमा हार भोग्दै १ अंकमा तालिकाको पुछारमा रहेर सिरिज सकाएको छ।

कोरोना भाइरसको महामारीका कारण नेपालले १४ महिनापछि घरेलु मैदानमा अन्तराष्ट्रिय सिरिज खेलेको हो।

अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको नेपालले दोस्रो स्थानको नेदरल्याण्ड्सलाई पराजित गर्दै उपाधि घरमै राख्न चाहान्छ।

लिग चरणको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दै सिरिजमा सानदार सुरुवात गरेको थियो। दोस्रो खेलमा भने नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित हुन पुग्यो। सो खेलमा नेपालले नेदरल्याण्डलाइ २ सय ७ रनको विशाल लक्ष्य दिएपनि पाहुना टोलीले ३ बल अगावै लक्ष्य भेट्टाएको हो।

पछिल्लो समय नेपालले सुधारिएको ब्याटिङ गरिरहे पनि फाइनल खेलको प्रर्दशन कस्तो होला भन्ने धेरैको जिज्ञासा छ। राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल लामो समयपछि भएको सिरिजको पहिलो उपाधि घरेलु मैदानमा नै राख्नका लागि आफूहरु खेल्ने बताएका छन्।

युवा खेलाडीले भरिएको राष्ट्रिय टोलीबाट यो पटक धेरैले अपेक्षा गरेका छन्। ओपनर कुशल भुर्तेल र आसिफ शेखले किर्तिमानी प्रर्दशन गरिरहँदा देगस्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले पन िउत्कृष्ट प्रर्दशन गरिरहेका छन्। लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध डेब्यु गरेका कमल सिंह ऐरिले ३ विकेट लिदै राम्रो छाप छाड्न सफल भएका छन्।

उता पहिलो खेलमा नेपालसँग पराजित भएपनि दोस्रो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स उच्च मनोबलमा मैदान उत्रने छ। नेदरल्याण्ड्सले पहिलो खेलमा मलेसियालाई १५ रनले हराएको थियो। मलेसियालाई हराउन नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले ७३ बलमा १ सय ३३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए। जुन नेदरल्यान्ड्सबाट टि ट्वान्टी आईमा बनेको पहिलो शतक हो। पछिल्लो समय म्याक्स ओडाउडले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन्।

मुख्य खेलाडी बिना केही कमजोर देखिएपनि नेदरल्याण्ड्सले राम्रो प्रर्दशन गर्दै आएको छ। मलेसियासँगको दोस्रो खेल वर्षाका कारण बराबरी भएपछि नेदरल्याण्ड्सले अंक बाँडेको थियो।

हेड टु हेड
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म ७ टि ट्वान्टी आई खेल भएको छ। जसमा नेपाल ३ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको थियो। एक खेल वर्षाको कारण नतिजा विहिन छ। सन् २०१५ मा नेपालसँगको चार टि–२० आई सिरिज नेदरल्यान्ड्सले ३–१ ले जितेको थियो। २०१८ मा लर्डसमा भएको खेल वर्षाको वर्षाको कारण रद्ध भएको थियो।

२०१९ मा ओमानमा भएको खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको थियो।

काठमाडौमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले हराउँदा दोस्रो खेल ३ विकेटले गुमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad